Logo
Logo

परराष्ट्रमन्त्री शर्माद्वारा पदभार ग्रहण


630
Shares

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् । आजै परराष्ट्रमन्त्रीमा नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

The current image has no alternative text. The file name is: pararastramantri.jpg

नेपाली सेनाका पूर्वरथीसमेत रहेका शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएकी हुन् । यसअघि परराष्ट्र मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्की आफैंले सम्हाल्दै आएकी थिइन् ।

केही दिनअघि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन प्रस्ताव गरेकी थिइन्, जसमा उनले सकारात्मक जवाफ दिएका थिए । उनको अनुभव र विज्ञतालाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयको जिम्मेवारी हस्तान्तरणसँगै प्रधानमन्त्री कार्कीले अब रक्षा र खानेपानी मन्त्रालय आफैंसँग राखेकी छिन् । आज भएको मन्त्रिपरिषद् विस्तार वर्तमान सरकारको पाँचौँ विस्तार हो ।

प्रतिक्रिया दिनुहोस्