Logo
Logo

छिमेकी देशहरूसँग सकारात्मक भूमिका निर्वाह गर्छु : परराष्ट्रमन्त्री


693
Shares

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको अन्तर्राष्ट्रिय छवि मजबुत बनाउने दिशामा आफूले जिम्मेवारीपूर्वक काम गर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: balananda-sharma.jpg

शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्र र मन्त्रालयको हितका लागि आवश्यक ठानेर सरकारमा सहभागी भएको स्पष्ट पारे। “नेपालको छवि विश्वसामु कसरी अझ राम्रो बनाउने भन्ने विषयमा म केन्द्रित हुनेछु । यो मुलुक हाम्रो हो। हामीले खाली छाड्दा समस्या बढ्छ, त्यसैले योगदान दिन सकिन्छ भने पछि हट्नु हुँदैन भन्ने सोचका साथ आएको हुँ,” उनले भने ।

परराष्ट्रमन्त्री शर्माले विभिन्न मुलुकमा कार्यरत नेपाली राजदूतहरूले गरेका कामको समीक्षा गरिने र कूटनीतिक संयन्त्रलाई अझ प्रभावकारी बनाइने विश्वास व्यक्त गरे । “राजदूतहरूले आ–आफ्नो कार्यक्षेत्रमा गरेका प्रयासहरू हेरिएको होला । त्यसैको निरन्तरतासहित परिणाममुखी काम अघि बढाइनेछ,” उनले बताए ।

निर्वाचनसँग सम्बन्धित विषयमा छिमेकी मुलुकहरूसँग आवश्यक परे सही र मर्यादित ढंगले सहकार्य गरिने उनले बताए। साथै, मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सकारात्मक र सन्तुलित रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्