कठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राप्रपा नेपाल बिचको एकता पुस १६ गते आधिकारिक रूपमा घोषणा हुने भएको छ । दुई पार्टीले पुस १६ गते राष्ट्रिय सभामा घोषणा सभा आयोजना गर्ने भएका हुन् ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले घोषणा सभामा सहभागी हुन पार्टीवृत्त तथा शुभेच्छुकलाई आह्वान गरेका छन् । ‘विचार मिल्नेहरू, तर छरिएर रहेकाहरू एक ठाउँमा जुट्ने हो-जुटौँ,’ श्रेष्ठले भनेका छन् ।












