काठमाडौं । सरकारले नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गरेको छ ।शुक्रवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं एव सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार बैठकले हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।
मन्त्री खरेलले वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेस गरेको खण्डमा श्रम स्वीकृति दिन स्वीकृति प्रदान गर्ने निर्णय समेत भएको बताए ।
उनले जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय भएको पनि बताए ।
उनले विभिन्न ९ वटा वटा स्थानहरूमा इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने निर्णय भएको पनि बताए ।












