Logo
Logo

नियमित महाधिवेशन सम्भव बनाऔँ : विश्वप्रकाश शर्मा


0
Shares

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नियमित नभए विशेष महाधिवेशनमा जानुपर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: bishwoprakash-sharma.jpg

शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।  उनले विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशन आह्वानका लागि स्मृति पत्र दर्ता गराएको भन्दै यसलाई कार्यसम्पादन समितिले गम्भीरतापूर्वक लिनुपर्ने बताए । 

उनले नियमित महाधिवेशनको कार्यतालिका हेरफेर गरेर १५ औँ महाधिवेशन सम्भव बनाउनुपर्ने बताए । यद्यपि नियमित महाधिवेशनको   सम्भावना कम रहेको उनको भनाइ थियो । 

नियमित महाधिवेशन सम्भव बनाउन नसकिए तत्कालै विशेष महाधिवेशनको प्रक्रिया थाल्नुपनर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्