काठमाडौं । संविधानसभा सदस्य तथा नेकपा एमालेका पूर्व पर्सा जिल्ला कमिटी अध्यक्ष जयप्रकाश थारु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । थारुसहित दर्जनौँ नेता कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले पार्टीमा स्वागत गरे ।
थारुसहित दर्जन बढी नेता कार्यकर्ता पार्टीभित्र भित्रिएपछि पर्सामा पनि पार्टीको उपस्थिति बलियो भएको प्रचण्ड९माधवले दाबी गरे । देशभर पार्टी प्रवेश गर्नेहरूको लहर आएको भन्दै आगामी निर्वाचनमा पहिलो बन्ने समेत दाबी गरे ।












