Logo
Logo

तराईका केही ठाउँमा आज दिनभर हुस्सु लाग्ने


315
Shares

काठमाडौं । तराईका केही ठाउँमा आज दिनभर हुस्सु लाग्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रमा अहिले बिहान हुस्सुरकुहिरो लागेको छ ।

दिउँसो पनि तराईमा हुस्सुको प्रभाव कायमै रहनेछ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली रहेको महाशाखाले जनाएको छ । बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

चिसोले विशेषगरी तराईरमधेशमा जनजीवनसँगै पशुचौपाया र कृषि बालीमा पनि असर पुर्याएको छ । पुस लागेसँगै शुरू भएको चिसो थप बढेपछि सर्वसाधारण, पशुचौपाया तथा कृषि बाली सबैजसो क्षेत्र प्रभावित बनेको छ । काठमाण्डौ उपत्यकासहित देशका अरु ठाउँमा पनि चिसो छ ।

काठमाण्डौमा आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ । हिजो बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा पछि पौने ९ बजे घटेर ५ डिग्री सेल्सियसमा झरेको थियो ।

प्रतिक्रिया दिनुहोस्