काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटरमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचनको वातावरण बनाउने क्रममा शिर्ष नेताहरुसँग छलफल गर्न लागेकी हुन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतल निवासमा प्रधानमन्त्री कार्कीसँग कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसँग छलफल गरेका थिए । निर्वाचनको वातावरण बनाउन सरकारका प्रवक्ता खरेलले शुक्रवार देउवा, ओली र दाहालसँग उनीहरूकै निवासमा पुगेर छलफल गरेका थिए ।












