Logo
Logo

सन्दीप सम्मिलित टिम राजशाही दोस्रो खेलमा पराजित


1.4k
Shares

काठमाडौं । जारी बङ्गलादेश प्रिमियर लिग अन्तर्गत सन्दीप लामिछाने सम्मिलित टिम राजशाही वारियर्सले आफ्नो दोस्रो खेलमा हार बेहोरेको छ ।

शनिवार सम्पन्न खेलमा राजशाही वारियर्स ढाका क्यापिटल्ससँग ५ विकेटले पराजित भएको हो । राजशाहीले दिएको १३३ रनको लक्ष्य पछाएको ढाकाले १८.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको राजशाहीले २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । यस खेलमा सन्दीप लामिछानेले ४ ओभरमा ३५ रन दिएर एक विकेट लिएका थिए । यो ढाकाको पहिलो खेल हो भने राजशाहीले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्