Logo
Logo

आगामी चुनाव नलड्ने पम्फा भुसालकाे घोषणा


504
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले प्रत्यक्ष र समानुपातिक दुवैमा उम्मेदवार नबन्ने निर्णय गरेकी हुन् ।

‘यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु । म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु’, उनले भनेकी छन्, ‘अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।’

साथै उनले यसपटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्