काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले जेनजी आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाडौ महानगरपालिकाका मेयर शाहले सत्ता स्वार्थको लागि हाईज्याक गर्न खोजेको बताएका छन् ।

उनले जेनजी अगुवाहरूलाई यस विषयमा सजक रहन पनि आग्रह गर्दै रास्वपा र मेयर शाहबिच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन् ।
उनले एजेण्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताएका छन् । लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरू मिल्ने र विभाजन हुने कुरालाई अनौठो मान्न नहुने उनको भनाई छ ।
उनले आगामी निर्वाचनलाई लक्षित गरेर रास्वपा र प्रमुख शाहले पनि एकताको घोषणा गरेको उल्लेख गरे । उनले नेपालको लोकतान्त्रिक प्रक्रियालाई पारदर्शी र स्वच्छ बनाउन, खण्डित भएको संवैधानिक प्रक्रियालाई सही बाटोमा ल्याउन र स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई अगाडि बढाउन राजनीतिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए । त्यसको लागि नेकपा एमाले तयार रहेको उनको भनाइ रहेको छ ।












