Logo
Logo

अपडेट : सोह्रखुट्टेमा ग्यास सिलिण्डर विष्फोट हुँदा ११ घाइते, दुई गम्भीर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ असोज । सोह्रखुट्टेको नयाँ बजारस्थित फलफूल चोकमा रहेको एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । बिहीबार खाना पकाउने चार वटा सिलिण्डर विस्फोट हुँदा आगलागी समेत भएको छ । सो विष्फोटमा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।


काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरका अनुसार नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर विष्फोट भएको हो । नीलकुमारीको ससुरा केही दिन अघि बितेको र सो घरमा हाल किरीयाकर्म भइरहेको जनाइएको छ । बिहीबार बिहान ग्यास खोल्दा एकाएक लिक भएर आगलागी सुरु हुन पुगेको जानकारी पाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरुको अहिले पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको एसएसपी राठौरले जानकारी दिए । एकैसाथ चार सिलिन्डर विस्फोट हुँदा वरीपरिका घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्