काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक मत प्रणाली अन्तर्गत अस्थायी मतदाता सङ्कलन सुरु गर्ने भएको छ।

आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ३० र अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ बमोजिम यस कार्यक्रम स्वीकृत गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन योग्य मतदाताको विवरण यही पुस १९ देखि माघ १८ सम्म सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारी वा प्रदेशरजिल्ला निर्वाचन कार्यालयमा पठाउनुपर्नेछ।
सङ्कलित नामावली प्रकाशन पछि दाबीविरुद्धको प्रक्रिया र जाँचबुझपछि अन्तिम अस्थायी मतदाता नामावली प्रकाशित गरिने आयोगले जनाएको छ।
अन्तिम नामावलीमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा ती निकायको स्वामित्वरनियन्त्रणमा रहेका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका व्यारेकका कर्मचारी, कारागारमा रहेका थुनुवा तथा संवैधानिक निकायका पदाधिकारीको विवरण समावेश गरिनेछ।












