Logo
Logo

कांग्रेसले बागीको कारबाही फुकुवा गर्यो


630
Shares

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका व्यक्तिहरूमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

The current image has no alternative text. The file name is: congress-head-office.gif

पार्टीको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो भने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले तल्ला कमिटीलाई कारबाही फुकुवा सम्बन्धी परिपत्र पठाएर जानकारी गराएका छन् ।

परिपत्रमा भनिएको छ कि विगतको निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, प्रस्तावक वा समर्थक भएका, वा अनुशासन विपरीत व्यवहार गरेका व्यक्तिहरूको केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन वा अन्य कारबाहीको बाँकी अवधि माफीरमिनाहा गरिएको छ।

त्यस्तै, कारबाही माफी पाएका व्यक्तिहरूको पार्टी पद नरहने गरी क्रियाशील सदस्यता नवीकरण गर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्