Logo
Logo

पार्टी परित्याग गरेकालाई फर्कन कांग्रेसको आह्वान


630
Shares

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र वा अन्य पार्टीमा गएका सदस्यहरूलाई फर्किन आह्वान गरेको छ।

The current image has no alternative text. The file name is: congress-3.jpg

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फर्किने सदस्यलाई क्रियाशील सदस्यता र जिम्मेवारी दिने निर्णय गरेको छ। बैठकले विभिन्न पेशा, व्यवसाय र क्षेत्रका व्यक्तिलाई पनि पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले परिपत्रमार्फत तल्ला कमिटीलाई जानकारी दिँदै भने, “विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएका साथीहरूलाई नेपाली कांग्रेसमा फर्किन हार्दिक आह्वान गर्दछौं। फर्किने सदस्यलाई आवश्यक जिम्मेवारी र क्रियाशील सदस्यता प्रदान गरिनेछ।”

पार्टीले आजको परिस्थितिमा लोकतन्त्र, पार्टी र मुलुकको हितका लागि बौद्धिक तथा व्यावसायिक क्षेत्रसँग संवाद र सहकार्य गरेर अघि बढ्ने नीति पनि अपनाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्