Logo
Logo

रवि-बालेन एकताप्रति कांग्रेस आत्तिनुपर्ने अवस्था छैन: महत


756
Shares

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनबीच भएको एकताप्रति कांग्रेस आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: mahat.jpg

पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले भने, “रवि र बालेन दुवै दागरहित नेता होइनन् । उनीहरू मिल्दा कांग्रेसलाई खासै प्रभाव पर्ने अवस्था छैन । जनताले व्यक्तित्व र कार्यको मूल्याङ्कन गरिरहेका छन् ।”

उनले थपे, “शासन चलाउन स्पष्ट नीति, अनुभव र देशव्यापी संगठन आवश्यक हुन्छ । यी सबै भएको अवस्थामा मात्र जनताको विश्वास जित्न सकिन्छ । यसका लागि कांग्रेस नै मुख्य दल हो ।”

प्रतिक्रिया दिनुहोस्