Logo
Logo

समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन


441
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन ०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन रहेको छ ।

निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने दललाई समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न दिएको समय आज सकिने भएको हो ।

दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने छ । आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ ।

पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । त्यसपछि माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आजसम्म बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्