
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो ।
बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको सूची टुंगो लगाउने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
निर्वाचन आयोगका अनुसार दलहरुले समानुपातिक उम्मेदवारको सूची बुझाउने आज अन्तिम दिन हो ।












