
भद्रपुर । झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
आइतबार आफ्नै घर अगाडि रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका तीन वर्षीय बालक दिवाङस कँडेलको उपचारका क्रममा मृत्यु भएको छ ।
घाइते बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतबार मृत्यु भएको झापा प्रहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । बालकको शव हाल सोही अस्पतालमा राखिएको छ ।












