Logo
Logo

पूर्वगृहमन्त्री लेखकले पत्रकार सम्मेलन बोलाए


945
Shares

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले आज पत्रकार सम्मेलन आयोजना गरेका छन् । लेखकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन बोलाएका हुन् ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते जनधनको क्षति भएपछि उनले सोही दिन नैतिकता प्रदर्शन गर्दै साँझ नै राजीनामा दिएका थिए । त्यसपछि भदौ २४ गते काठमाडौंलगायत मुलुकका ठुला सहरहरूमा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।

पत्रकार सम्मेलन अघि लेखक सो घटनाका विषयमा बयान दिन आजै जाँचबुझ आयोग जाँदैछन् । जाँचबुझ आयोगमा बयान दिएलगत्तै लेखकले संसदीय दलको कार्यालयबाट विस्तृत सार्वजनिक गर्ने उनका स्वकीय सचिव जनक भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्