Logo
Logo

इटहरीमा उपचार गर्न आएकी सासूको ज्वाइँबाटै हत्या


504
Shares

काठमाडौं । सुनसरीमा उपचारका लागि आएकी सासूको ज्वाइँले हत्या गरेका छन् । भोजपुरको दिङ्लाबाट श्रीमानसहित उपचारका लागि इटहरी झरेकी पबीमाया बयलकोटीको ज्वाइँ गणेस साह गुप्ताले हत्या गरेका हुन् ।

आज सोमबार घर फर्किने तयारीमा रहेकी पबीमायाको आइतबार राति नै ज्वाइँले पानी तान्ने ट्युबेलको हेण्डलले टाउकामा हानेर हत्या गरेको पाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

छोरी र ज्वाइँका बीचमा दिनहुँ झगडा हुने गरेको र ज्वाइँलाई सम्झाउन खोज्दा सासूको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सासुको हत्या गर्ने ज्याइँ गणेशलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्