
काठमाडौं । निजामती सेवाअन्तर्गत इन्जिनियरिङतर्फका ६ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत बढुवा समितिले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूह, राजपत्रांकित प्रथम श्रेणीतर्फ प्रकाश चौधरी, ओमराज ढुंगाना र मनीषकुमार अर्याललाई बढुवा सिफारिस गरेको हो ।
त्यसैगरी त्यही सेवाका हाइवे उपसमूह राजपत्रांकित प्रथम श्रेणीतर्फ विजय कुमार महतो, धर्मेन्द्र कुमार झा र बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूह, राजपत्रांकित प्रथम श्रेणीतर्फ सुमन सालिके बढुवाका लागि सिफारिस भएका छन् ।













