
काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने दलको संख्या ४ पुगेको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो ।
यो समाचार तयार पार्दासम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रीय लोकतान्त्रिक पार्टीले बन्द सूची बुझाएको निर्वाचन अआयोगले जनाएको छ ।














