Logo
Logo

विद्यार्थीलाई मतदाता शिक्षा दिइँदै


189
Shares

भोजपुर । भोजपुर जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो ।

The current image has no alternative text. The file name is: bhojpur.jpg

जिल्ला निर्वाचन कार्यालयले आज भोजपुर नगरपालिका-१२, टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिले जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी थालेको छ । मतदानको जानकारी र भोजपुरमा हुने निर्वाचनका विषयमा विद्यार्थीलाई जानकारी गराइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए । विद्यालयस्तरमा सञ्चालनमा हुने यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ छ ।

निर्वाचनसँग सम्बन्धितसँगै सुरक्षाका विषयमा गरिएको कार्यक्रममा प्रमुख सुवेदी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामा, विद्यालयका प्रधानाध्यापक धु्रवराज रेग्मी, शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो ।

जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको कार्यक्रमले विद्यार्थीहरुलाई मतदाता शिक्षाका बारेमा जानकारी पाइएको प्रअ रेग्मीले बताए । जिल्लामा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल मतदाता एक लाख २५ हजार ७६६ कायम गरिएको छ । पुरुष मतदाताको सङ्ख्या ६५ हजार ७८८ र महिला ५९ हजार ९७७ र एक अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्