काठमाडौं । नेपाली कांग्रेसले आफ्ना प्रदेश समितिमार्फत आएका समानुपातिक सांसदको उम्मेदवारको सूचीलाई अनुमोदन गरेको छ ।

सातै प्रदेशले आफ्नो भागमा परेका समानुपातिकतर्फका सांसदको उम्मेदवारको सूचीलाई जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो ।
उक्त नामहरू अनुमोदन भएपछि अहिले २ घण्टाका लागि बैठक स्थगित गरिएको छ । अब दुई घण्टापछि बस्ने बैठकले समानुपातिकतर्फको सांसदका उम्मेदवारहरूको नाम सार्वजनिक गर्ने र त्यसपछि मात्रै निर्वाचन आयोग जाने छ ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक सांसदको बन्द सूची बुझाउने आज अन्तिम दिन हो ।












