Logo
Logo

नयाँ जिम्मेवारीमा ईश्वर पोखरेल खुशी ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ असोज ।
रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी पाएकाउपप्रधानमन्त्री ईश्वर पोखरेल आफु नयाँ जिम्मेवारीमा खुशी रहेको बताएका छन् । आफ्नो जिम्मेवारी नेपालमै नयाँ अभ्यास भएको उनको भनाई छ ।


पोखरेलाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ । रक्षा मन्त्रालयबाट विदाइ भएर प्रधानमन्त्रीको कार्यालयमा पदभार ग्रहणपछि राखिएको स्वागत कार्यक्रममा मन्त्री पोखरेलले नयाँ अभ्यास अमूर्त नहुने बताएका छन् । ‘मेरो तहको व्यक्तिलाई यस्तो जिम्मेवारी दिइएको मलाई थाहा छैन । संभवतः यो नेपालको मन्त्रिपरिषद्मा नौलो अभ्यास हो’, उनले भने । औपचारिकता निर्वाह गर्नु मात्रै नभएर संरचनामै परिवर्तन ल्याउन आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आएको उनको भनाई छ ।

‘गन्थन र गुनासोमा मात्रै अल्मलनु हुन्न । अमूर्त कुरा गर्ने मात्रै होइन, स्टक्चरमै देखिने गरी काम गर्नुपर्छ । म त्यसैका लागि यहाँ आएको हुँ’, पोखरेलको भनाइ थियो । प्रधानमन्त्री कार्यालयको राम्रो कार्यक्रम पनि नारामा सीमित भएको संकेत गर्दै उपप्रधानमन्त्री पोखरेलले अब त्यस्तो नहुने बताए ।
‘लोकप्रिय कार्यक्रम हेलो सरकार गर्दैछ के रु ढलकढलक ११–१२ बजेतिर आउने अनि चार÷पाँच नबज्दै फर्कने काम भइरहेको छ’, मन्त्री पोखरेलले उदाहरण दिए । तर, अब त्यसरी नहुने र कामबाटै जनतालाई जवाफ दिनुपर्ने मन्त्री पोखरेलले बताए ।

आफूले हेर्ने क्षेत्रहरु लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभागलगायतको फेहरिस्त पनि मन्त्री पोखरेलले मन्तव्यका कार्यक्रममा राखेका थिए ।

 

प्रधानमन्त्रीको कार्यालयमा पदभार ग्रहण अगाडि उपप्रधानमन्त्री पोखरेललाई रक्षा मन्त्रालयमा विदाइ कार्यक्रम राखिएको थियो । विदाइ कार्यक्रममा पनि पोखरेलले अब रक्षा मन्त्रालय प्रधानमन्त्रीले हेर्ने जानकारी दिए । ‘यो सरकारले यो मन्त्रालयलाई कति प्राथमिकतामा राखेको छ भन्ने यो प्रमाण पनि हो’, उपप्रधानमन्त्री पोखरेलले भने ।
रक्षा मन्त्रालयबाट हटाइएकोमा उनले राजिनामा दिने कतिपयको आँकलन थियो । पोखरेलले पनि बुधबार बेलुका ट्वीट गरी नयाँ परिस्थितीबाट बुझ्ने प्रयास गरेको भन्दै प्रधानमन्त्रीको निर्णयप्रति असन्तुष्ट रहेको संकेत दिएका थिए । तर, प्रधानमन्त्रीले हेर्ने सबै जिम्मेवारी आफुले हेर्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्