Logo
Logo

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो


315
Shares

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लब र सुदूरपश्चिम प्रदेश स्पोर्ट्स काउन्सिल विजयी भएका छन् ।

The current image has no alternative text. The file name is: nva-volleyball.jpg

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज भएको खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । न्यु डायमन्डले तीनै सेट २५-१७ को समान स्कोरमा जितेको हो ।

यस्तै महिलातर्फकै अर्को खेलमा सुदूरपश्चिम प्रदेश स्पोर्ट्स काउन्सिलले मधेश प्रदेश स्पोर्ट्स काउन्सिललाई ३-० को सोझोसेटमा हराउँदै सान्त्वना जित हात पारेको छ । सुदूरपश्चिमले पहिलो सेट २५-२१, दोस्रो सेट २५-१४ र तेस्रो सेट २५-१७ ले जित्यो ।

यसअघि आजै भएको पुरुषतर्फको खेलमा लगातार दोस्रो जित दर्ता गर्दै रुकुम पश्चिम भलिबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३-१ को सेटमा पराजित गर्‍यो भने आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३-० को सोझो सेटमा हरायो ।

यसअघि पुरुषतर्फ साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब पनि क्वाटरफाइनलमा पुगिसकेका छन् ।

पुस १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्