काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीसँग रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकता भएको छ ।

सोमबार पार्टी एकतासम्बन्धी १० बुँदे सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।













