काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा सँगै चुनावी मोर्चामा जाने सहमति गरेको जानकारी प्राप्त भएको छ ।

जेनजी अभियन्ता सुदन गुरुङले रातोपाटीलाई जानकारी दिँदै भने, “उनीहरूबिच फागुन २१ गते हुने निर्वाचनका लागि साझा रणनीति र सहमति भएको छ ।”
यो कदमले आगामी निर्वाचनमा केन्द्रिय र स्थानीय नेताहरूबीचको राजनीतिक समीकरणमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ ।












