Logo
Logo

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सभापति रवि लामिछानेपछि दोस्रो वरीयता पाएका छन् ।

यससँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) तेस्रो स्थानमा धकेलिएका छन् । सहमतिअनुसार कुलमान घिसिङले उपसभापति पदसहित दोस्रो वरीयता पाएका हुन् । यसपछि बालेन तेस्रो, डीपी अर्याल चौथो र डा। स्वर्णिम वाग्ले पाँचौँ वरीयतामा रहने भएका छन् । 

कुलमान घिसिङले रवि लामिछानेलाई सभापति मानेर पार्टीमा प्रवेश गर्न तयार भएका छन् । यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ कुलमान पक्षले २५ प्रतिशत उम्मेदवार पठाउने सहमति भएको छ । उज्यालो नेपालबाट १८ जनालाई समानुपातिक सूचीमा समावेश गरिने बताइएको छ ।

सहमतिपत्रमा तीनै नेता (रवि, कुलमान र बालेन) ले हस्ताक्षर गरिरहेका छन् । केही समयपछि यो पत्र सार्वजनिक गरिने बताइएको छ । एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टी नै कायम रहने सहमति भएको छ । 

तीनै नेताले आफ्नो पक्षका समानुपातिक उम्मेदवार फाइनल गर्दै निर्वाचन आयोगमा सूची बुझाउने तयारीमा छन् । 

प्रतिक्रिया दिनुहोस्