काठमाण्डौ । नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा पुरुषतर्फ नेपाल एपीएफ क्लब र खिल्जी युवा क्लब क्वाटरफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको पहिलो खेलमा एपीएफले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले पहिलो सेट २५-१०, दोस्रो सेट २६-१६ र तेस्रो सेट २९-२७ ले जित्यो ।
यस्तै खिल्जीले पनि ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हरायो । खिल्जीको पहिलो सेट २५-१५, दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-२३ ले जित्यो ।
यसअघि रुकुम पश्चिम भलिबल क्लब, त्रिभुवन आर्मी क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब क्वाटरफाइनलमा पुगिसकेका छन् ।
प्रतियोगितामा आजै महिलातर्फको खेलमा पुलिस र एपीएफ तथा एभरेस्ट भलिबल क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब खेल्दैछन् ।
यही पुस १९ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता छ ।












