Logo
Logo

कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर बाघको सिकार हुँदैन : ओली


378
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङको एकतालाई कुखुरा, बाख्रा र स्यालको मोर्चाको संज्ञा दिएका छन् ।

The current image has no alternative text. The file name is: oli-6.jpg

मङ्गलवार मदन आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा भएको एघारौँ महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक कार्यक्रममा बोल्दै उनले  कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको सिकार नहुने टिप्पणी गरेका हुन् ।

उनले विशालकाय एमाले र नेपाली काँग्रेससँग मुकावला गर्न मोर्चाबन्दी गरेको बताउँदै घैटामा पानी बोकेर समुन्द्रसँग  मुकावला नहुने बताए ।      

ओलीले सम्बोधनका क्रममा चुनाव सर्न सक्ने संकेत गरेका छन् । उनले फागुनमा, बैशाखमा या मङ्सिरमा जहिले चुनाव भएपनि आफूहरू तयार रहेको बताए । ओलीले भने,’हामी चुनाव पर्खिरहेका छौ । कहिले होला ? फागुन २१ मा होला, बैशाखमा होला या अर्को मङ्सिरमा होला । हामि चुनाव पर्खिरहेका छौँ । जस्तो महाधिवेशनबाट धेरै कुराको जवाफ दिएका छौँ । त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने छौँ । त्यसका लागि हामी तयार छौँ भन्ने कुराको सन्देश पनि महाधिवेशनले दिएको छ ।’

प्रतिक्रिया दिनुहोस्