Logo
Logo

राप्रपासँग पार्टी एकता गर्ने निर्णय राप्रपा नेपालबाट अनुमोदन


630
Shares

काठमाडौं । पार्टी एकतालाई राप्रपा नेपालले अनुमोदन गरेको छ । अध्यक्ष कमल थापाले अन्तिम बैठकमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

The current image has no alternative text. The file name is: kamal-thapa.gif

राप्रपा नेपालले राप्रपासँगको पार्टी एकता गर्ने निर्णयलाई अनुमोदन गरेको हो । केन्द्रीय कार्य समितिको आज बसेको बैठकले बैठकले राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने निर्णयलाई औपचारिक रूपमा अनुमोदन गरेको हो ।

दुई पार्टीबीच एकता भएको घोषणा भोलि पुस १६ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने कार्यक्रमबाट गरिने छ । कमल थापाले कठिन परिस्थितिमा साथ दिने सबैप्रति आभार र कृतज्ञता व्यक्त गरे । 

उनले सबैलाई सक्रिय रहँदै विचार र सङ्गठनलाई अझ बलियो बनाउन लाग्न आग्रह गरेका छन् । कांग्रेस९कम्युनिस्टको विकल्पका रूपमा आएका नयाँ शक्तिहरूको सिद्धान्त स्पष्ट नभएको उल्लेख गर्दै थापाले आगामी निर्वाचनलाई आन्दोलनका रूपमा सदुपयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्