Logo
Logo

गगन थापाको प्रष्टोक्ति-अर्जुननरसिंह केसीलाई समानुपातिकमा राख्ने निर्णय मेरो चाहना विपरीत


1.3k
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस नेता तथा आफ्ना ससुरा अर्जुननरसिंह केसीलाई समानुपातिकमा राख्ने निर्णय आफ्नो चाहना विपरीत भएको स्पष्ट गरेका छन् ।

सामाजिक सञ्जाल र मिडियामा महामन्त्री थापाले ससुरालाई समानुपातिकमा राखेको भन्ने प्रचार भएपछि त्यसको खण्डन गर्दै उनले यो आफ्नो प्रयासविपरितको निर्णय भएको बताएका हुन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ । म स्पष्ट पार्न चाहन्छुस यो मेरो चाहना विपरीत हो । मेरो अनुरोध र हर सम्भव प्रयास विपरीतको निर्णय हो ।’

महामन्त्री थापाले आफू र केसीको आ९आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू भएको, जो कहिले मिल्ने र कहिले बाझिने गरेको उल्लेख गर्दै कुनै बेला राजनीतिक दृष्टिकोण र प्राथमिकता नमिल्दा एक अर्कासँग पार्टीको महामन्त्री पदमा चुनाव लडेको उल्लेख गरेका छन् । 

उनले यसपटक पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा आफुहरुबीच मत भिन्नता रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्