
काठमाडौं। परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेश प्रस्थान गरेका छन् । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन उनी गएराति ढाका प्रस्थान गरेका हुन् ।
मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी छन् । उनी बिहीबार अर्था्त पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ । जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पर्याएको योगदान स्मरणीय छ ।












