Logo
Logo

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै


441
Shares

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षक’मा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदै छ ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने एफएनसीसीआईले जनाएको छ ।

संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् ।

संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य रहेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

अर्थतन्त्रका चुनौती समाधानका निम्ति संवाद र सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको एफएनसीसीआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्