Logo
Logo

गोली लागेको अवस्थामा युवक मृत भेटिए


630
Shares

काठमाडौं । सिन्धुलीमा गोली लागेको अवस्थामा एक युवक मृत भेटिएका छन् । गएराति घ्याङलेख गाउँपालिका–१ पिउरीखोला जंगलमा २२ वर्षीय आशमान तामाङ मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले मृतकको पेटमा चोट लागेको र घटनास्थलमा बन्दुक पनि फेला परेको जानकारी दिए ।

घटना कसरी भयो भन्ने यकिन भएको छैन । आफै पड्किएको हो वा कसैले हानेको हो भन्ने फरेन्सिक र पोष्टमर्टम रिपोर्ट आएपछि थाहा हुने उनले बताए । शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्