Logo
Logo

शक्तिको पुनर्सन्धि-राप्रपामा कमल थापाको घरफिर्ती


441
Shares

काठमाडौं । झन्डै चार वर्ष शक्तिविहीन अवस्थामा रहेका कमल थापा अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा फर्किएका छन् ।

The current image has no alternative text. The file name is: kamal-rajendra.jpg

९ पुसमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पार्टी एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेपछि थापाले १६ पुसको एकता सभामार्फत औपचारिक पुनरागमन गरेका हुन् ।

पञ्चायत, बहुदल र गणतन्त्र तीनै कालखण्डमा सत्ता र शक्तिको अभ्यास गरिसकेका थापा २०७८ मंसिरमा अध्यक्षमा पराजित भएपछि राप्रपा छाडेर अलग्गिएका थिए । राप्रपा नेपाल ब्युँताए पनि संगठन कमजोर रहँदा निर्वाचनमा एकपछि अर्को पराजय बेहोर्नुपर्‍यो । सम्मानजनक मतसमेत नपाएपछि उनको राजनीतिक प्रभाव निरन्तर क्षीण हुँदै गयो ।

शक्ति पुनःआर्जनकै खोजीमा रहेका थापाले पछिल्लो समय राष्ट्रवादी शक्तिहरू एक ठाउँमा ल्याउने पहल थाले । जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक समीकरण, राजतन्त्र पक्षधरहरूको छिन्नभिन्न अवस्था र आगामी निर्वाचनलाई ध्यानमा राख्दै उनले राप्रपासँग निस्शर्त एकताको बाटो रोजे ।

लिङ्देन-थापाबीच ९ पुसमा भएको सहमतिअनुसार अब थापा राप्रपामा दोस्रो वरियताका नेता रहनेछन् । पार्टी विधानअनुसार निवर्तमान अध्यक्षलाई दोस्रो वरियतामा राख्ने व्यवस्था छ ।

शक्तिको पुनरागमनका लागि थापाको यो निर्णय सफल हुन्छ कि हुँदैन, त्यो भने बदलिँदो राजनीतिक चेतना र नयाँ पुस्ताको भूमिकाले तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्