Logo
Logo

कमल दाइ नहुँदा पार्टी अपूर्ण थियो, अब पूर्ण भएको छ: लिङ्देन


504
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा नहुँदा पार्टी अपूर्ण लागेको तर अब पूर्ण भएको बताएका छन् ।

The current image has no alternative text. The file name is: rajendra-lingden.jpg

बुधबार राप्रपा–राप्रपा नेपालबीचको एकता घोषणा सभामा सम्बोधन गर्दै उनले कमल थापाले पार्टी छाड्दा आफूले रिक्तता महसुस गरेको बताए ।

“कमल दाइ नहुँदा राप्रपा मेरो मनमा अपूर्ण जस्तो लाग्थ्यो। उहाँले छाडेर जानुभयो, म पार्टी अध्यक्ष भए पनि रोएर हिँड्न मिल्दैनथ्यो । ‘कमल दाइ नभएको भए पार्टी हुन्न’ भन्न पनि सकिन्नथ्यो, तर अब उहाँ फर्किनुले पार्टी पूर्ण भएको महसुस हुन्छ,” लिङ्देनले भने।

प्रतिक्रिया दिनुहोस्