Logo
Logo

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा. डा. सृजना श्रेष्ठ नियुक्त


378
Shares

ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष (रेक्टर) पदमा प्रा. डा सिर्जना श्रेष्ठ नियुक्त भएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८२ पुस १४ गतेको निर्णयानुसार उनलाई सो पदमा नियुक्त गरिएको हो ।

प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्रीले उपकुलपतिको सिफारिसमा डा. श्रेष्ठलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा २१ को उपदफा (१) बमोजिम नियुक्त गरेका हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बालचिकित्सा विभागमा कार्यरत डा. श्रेष्ठको पदावधि चार वर्षको रहनेछ ।

मन्त्रालयका महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा डा. श्रेष्ठको नियुक्तिले प्रतिष्ठानको सञ्चालन, विकास र विस्तारमा उल्लेख्य योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्