Logo
Logo

डा. निकोलस भुसाललाई स्वास्थ्य समस्याका कारण अस्पताल लगियो


504
Shares

काठमाडौँ । विभिन्न माग राख्दै ९ दिनदेखि अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

The current image has no alternative text. The file name is: nicholasss.jpg

काठमाडौंको माइतीघर मण्डलामा अनसन बसेका भुसालको स्वास्थ्य अवस्था जाँच्न नेपाल चिकित्सक संघको टोलीले निरीक्षण गरेको थियो । जाँचका क्रममा थप उपचार आवश्यक देखिएपछि संघको पहलमा उनलाई अस्पताल लैजान निर्णय गरिएको संघले जनाएको छ ।

डा. भुसालले जेन-जी आन्दोलनका क्रममा भएका हत्याका दोषीमाथि कारबाही गर्न, आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्न र विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिनुपर्ने लगायतका माग राखेर अनसन बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्