Logo
Logo

पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न विशेष अदालतको आदेश


1.7k
Shares

काठमाडौं । घुस आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ।

The current image has no alternative text. The file name is: rajkumar-gupta.jpg

बुधबार विशेष अदालतमा बयान दिएका उनका लागि थुनछेक बहस पछि अदालतले उनलाई थुनामा राखेर मुद्दा अघि बढाउने निर्णय गरेको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य डिल्लीरत्न श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले यो आदेश जारी गरेको हो । आदेशको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्