Logo
Logo

भक्तपुर इन्काउन्टरः डिएसपी, इन्सपेक्टर, सई र असइकाे जागिर धरापमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असोज ।
दुई वर्षअघि भक्तपुरमा भएको इन्काउन्टर घटनाले पाँच प्रहरीको जागिर धरापमा परेको छ । राष्ट्रिय मानव अधिकार आयोगले डिएसपीसहित पाँच प्रहरीलाई मुद्दा चलाउन सिफारिस गरेको छ । डिएसपी रुगम बहादुर कुँवर, सइहरु दीपेन्द्र चन्द, प्रसन्न मल्ल(हाल जागिर छाडेका) र रञ्जित लामा(हाल इन्सपेक्टर) तथा असई राजन खड्कालाई आयोगले कारबाहीको सिफारिस गरेको हो । आयोगले शुक्रबार प्रेस बिज्ञप्तीमार्फत यससम्बन्धि जानकारी गराएका थिए ।


बालक निशान खड्काको अपहरण र हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका अजय तामाङ र गोपाल तामाङको २०७५ सालको साउन २० गते इन्काउन्टर भएको थियो । उनीहरुलाई प्रहरीले पक्राउ गरेर गोली हानेको आयोगको दाबी छ ।


इन्काउन्टरमा संलग्न प्रहरीलाई नै मुद्दा चलाउने आयोगको निर्णयले अनुसन्धानमा काम गर्ने प्रहरीको मनोबलमा भने गम्भीर असर पर्ने प्रहरी अधिकारीको चिन्ता छ ।

 

प्रतिक्रिया दिनुहोस्