Logo
Logo

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से 


315
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार बढेर बन्द भएको नेप्से,  आज बिहीबार भने घटेर बन्द भएको हो ।

The current image has no alternative text. The file name is: Share-market-down.jpg

बिहीबार नेप्से परिसूचक १२.८३ अङ्क घटेर २६२०.९२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४३ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अङ्क घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधवार ५ अर्ब १३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३३६ स्टकको ६४ हजार ४०७ पटकको कारोबारमा ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँबराबरको १ करोड १ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो लघुवित्तको सेयरमूल्य १३४ रुपैयाँ ६० पैसा बढेर १ हजार ४८१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, एसवाई प्यानल नेपालको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने हिम स्टार उर्जा कम्पनीको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ४१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको करिब १४ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ ।अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०९ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस्