Logo
Logo

टी-२० क्रिकेट फापेको वर्ष ‘२०२५’


378
Shares

काठमाडौं । नेपाल क्रिकेटका लागि सन् २०२५ एक सुनौलो वर्षका रूपमा रह्यो । यो वर्ष पुरुष राष्ट्रिय टिमले पहिलो पटक पूर्ण सदस्य राष्ट्रविरुद्ध बाइलेटरल सिरिज जित्दै विश्व क्रिकेटमा आफ्नो नाम स्थापित गरेको वर्ष पनि हो ।

The current image has no alternative text. The file name is: t-20-cricket.jpg

टी-२० र्फम्याटमा लगातार सफलता, घरेलु लिगको उत्कृष्ट आयोजना र आइसीसी टी-२० विश्वकप २०२६ को छनोटले २०२५ मा नेपालले हासील गरेका मुख्य उपलब्धिहरू हुन् ।

सबैभन्दा ठूलो उपलब्धि सेप्टेम्बरमा शारजाहमा भएको नेपाल-वेस्ट इन्डिज टी-२० सिरिज थियो । दुई पटकका टी-२० विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध नेपालले २-१ को सिरिज जित्यो । पहिलो खेलमा १९ रनले जित हासिल गरेको थियो भने, दोस्रो खेलमा ९० रनको फराकिलो जित निकाल्दै नेपालले इतिहास रचेको थियो । सिरिजको अन्तिम खेलमा नेपाल १० विकेटले पारजित हुन पुगेको थियो । 

यो नेपालको पूर्ण सदस्य राष्ट्रविरुद्ध पहिलो बाइलेटरल सिरिज सिरिज थियो । जहाँ नेपालले पहिलो सिरिजनै जितेको थियो । कप्तान रोहित पौडेलको नेतृत्वमा कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा र मोहम्मद आदिल आलमजस्ता खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका  थिए  । यो जित क्रिकेट इतिहासमा नेपालको सबैभन्दा ठूलो उपलब्धि हो । 

नेपालले आइसीसी पुरुष टी-२० विश्वकप एसिया क्षेत्रीय छनोटमा पनि उत्कृष्ट प्रदर्शन गर्यो । अक्टोबरमा ओमानमा भएको क्वालिफायरमा नेपालले लगातार जित हासिल गर्दै अनबिटेन रहँदै टाइटल जितेको थियो । फाइनलमा सामोआविरुद्ध १२४ रनको फराकिलो जितसहित नेपालले टी-२० विश्वकप २०२६ का लागि छनोट भएको थियो । जो विश्वकप (भारत र श्रीलङ्का) हुँदै छ । नेपालका लागि यो लगातार दोस्रो विश्वकप छनोट हो । 

 ओडिआई  निराशाजनक 

ओडीआई क्रिकेटमा भने २०२५ नेपालको लागि निराशाजनक वर्षको रूपमा रहेको रह्यो । नेपालले २०२५ मा ८ वटा ओडिआई खेले खेलको छ । जहाँ नेपालको पछिल्ला खेलेको नतिजा निकै निराशाजनक रहेको छ । 

वर्षको सुरुमा नेपालले नेदरल्याण्ड र स्कटल्याण्डसँग खेलको थियो । उक्त खेलहरू ओडिआई विश्वकप २०२६ अन्तर्गतका खेलहरू हुन् । चार खेलको पहिलो सिरिजमा नेपालले ३ खेल जितेको थियो । सोही अन्तर्गतको दोस्रो खेलमा नेपालले एक जित पनि निकाल्न सकेन । नेपाल अमेरिका संयुक्त अरब इमिरेट युएईसँग खेलेको थियो । जहाँ नेपालले एक जित पनि निकाल्न सकेको थिएन । 

ओडीआई क्रिकेट क्वालीफाएर नेपालका लागि अब गर या मरको अवस्थामा पुगेको छ । ओडीआई क्वालीफाएरमा नेपालले हालसम्म २० खेल खेलिसकेको छ ।  जसमा जम्मा ५ जीत मात्रै निकालेको छ । जसमा १३ खेलमा हार बेहोरेको छ । 

प्रतिक्रिया दिनुहोस्