काठमाडौं । स्वीजरल्याण्डको क्र्यान्स-मोन्टानाको स्की रिसोर्टमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या यकिन भएको छैन । प्रहरीले पत्रकार सम्मेलन गरेर दर्जनौँको मृत्यु भएको बताए पनि सङ्ख्या भने स्पष्ट भनेको छ ।

प्रहरीले विस्फोटमा परेकाको उद्धार गर्न १० हेलिकप्टर, ४० एम्बुलेन्स र १५० स्वास्थ्यकर्मीलाई खटाएको जानकारी दिएको छ । विस्फोटको समयमा रिसोर्टमा सय भन्दा बढीको उपस्थिति रहेको बताइएको छ ।
साथै प्रहरीले यो आतङ्कवादी घटना नभएको स्पष्ट गरेको छ । अहिलेसम्म आतङ्कवादी घटनाको कुनै प्रमाण नभेटिएको जानकारी दिइएको छ ।
रिसोर्टमा नयाँ वर्षको पूर्वसन्ध्यामा उत्सव आयोजना गरिरहेको समयमा विस्फोट भएकोले धेरै हताहत भएको अनुमान गरिएको छ । क्र्यान्स-मोन्टान स्विस आल्प्स पर्वत शृङ्खलामा अवस्थित एक लक्जरी स्की रिसोर्ट हो । यो स्विट्जरल्याण्डको राजधानी बर्नबाट लगभग दुई घण्टाको ड्राइभमा छ । यो सहर बेलायती पर्यटकहरूमाझ लोकप्रिय छ ।












