Logo
Logo

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं


504
Shares

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईँले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

The current image has no alternative text. The file name is: durgaprasai.jpg

प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईँले सरकारले आइतबारसम्मको समय मागेको बताए ।

‘प्रधानमन्त्रीले आइतबारसम्म सम्झौता गर्ने र सोमबारको मन्त्रिपरिषद् बैठकबाट सम्झौता कार्यान्वयनको निर्णय गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने, ‘सरकार गम्भीर भएन र आइतबारसम्म सम्झौता भएन भने हामी आन्दोलनमा उत्रन्छौँ ।’

उनले आन्दोलनको क्रममा लघुबित्त, सहकारी र बैङ्कहरूलाई गाउँगाउँबाट लखेट्ने चेतावनी दिए । आगामी २१ फागुनको निर्वाचन बिथोल्नेसमेत उनको भनाइ छ ।

‘हामीले हाम्रा मुद्दामा जनमत संग्रह गरेर लोकतन्त्रको अधिक प्रयोग गरौँ भनेका छौँ । फेरि विद्रोहमा नजाऔँ भनेको छौँ । आइतबार सम्झौतामा हस्ताक्षर भएन भने हामी गाउँबाट लघुवित्त, सहकारी, बैङ्क लखेट्न थाल्छौँ,’ प्रसाईँले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्