Logo
Logo

नवौँ एनभीए भलिबल च्याम्पियनसिप : पुलिस सेमिफाइनलमा 


441
Shares

काठमाडौं । नेपाल पुलिस क्लब नवौँ एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

The current image has no alternative text. The file name is: vollayball.jpg

बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा कोशी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा पुलिसले पहिलो सेट २५-१९ दोस्रो सेट २५-१७ र तेस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पार्न सफल भयो । पुलिसले सेमिफाइनलमा शुक्रवार हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यसअघि बिहीबार नै भएको अर्को खेलमा बुढानिलकण्ठ भलिबल क्लबलाई ३-० को‌ सोझो सेटमा हराउँदै हेल्प नेपाल पनि सेमिफाइनल प्रवेश गरेको छ । खेलमा हेल्प नेपालले बुढानिलकण्ठलाई २५-१३, २५-२३, २५-१८ ले पराजित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्