Logo
Logo

कोरोना संक्रमणबाट नेपालमा पहिलोपटक प्रहरीको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असोज ।
नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक प्रहरीको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलको मुस्ताङमा कार्यरत एक सशस्त्र प्रहरीको पोखरामा मृत्यु भएको हो ।


गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार बागलुङको ढोरपाटन नगरपालिका– ७ का २५ बर्षीय उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनलाई २५ असोजमा मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनलाई २७ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । एक महिला लामो उपचारपछि उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्