Logo
Logo

एपीएफलाई पराजित गर्दै रुकुम पश्चिम सेमिफाइनलमा


504
Shares

काठमाडौँ । नेपाल एपीएफ क्लबलाई पराजित गर्दै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र नवौं एनभीए भलिबल च्याम्पियनशिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

The current image has no alternative text. The file name is: nva.jpg

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा रुकुम पश्चिमले एपीएफलाई ३-१ को सेटमा हरायो । प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफले पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको थियो । तर त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै रुकुम पश्चिमले दोस्रो सेट २५-२०, तेस्रो सेट २५-१६ र चौथो सेट २५-२० ले जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्‍यो ।

पुरुषतर्फको चौथो तथा अन्तिम क्वाटरफाइनलमा हाल त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । यसअघि आजै सम्पन्न पहिलो क्वाटरफाइनलमा बूढानीलकण्ठ भलिबल क्लबलाई पराजित गर्दै हेल्प नेपाल स्पोर्ट्स क्लब सेमिफाइनलमा पुगेको थियो भने दोस्रो क्वाटरफाइनलमा कोशी प्रदेश भलिबल संघलाई हराउँदै नेपाल पुलिस क्लब अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो ।

प्रतियोगिताअन्तर्गत महिला र पुरुष दुवै तर्फका सेमिफाइनल खेल भोलि आयोजना हुनेछन् भने फाइनल खेल पर्सि हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्